दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् जडान गरिसक्छौं : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत् जडान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत् जडान भएको उल्लेख गर्दै २ वर्षभित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताएकी हुन् ।

उनले विद्युत् खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन्  । मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युत्को आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पारिन् । विद्युत् खपत बढाउन सरकारले अभियान नै सञ्चालन गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्षभित्र मुलुक विद्युत्मा आत्मनिर्भर हुने दाबी गरे । उनले आन्तरिक खपत बढाएर पनि मुलुकमा ५ वर्षपछि वार्षिक रूपमा २ खर्बको विद्युत् निर्यात गर्ने योजना रहेको पनि बताए ।

प्रबन्ध निर्देशक घिसिङले विद्युत्को खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिइएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर