चुनाव लड्न मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा, जसपा प्रवेश गर्दै

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई उनले शनिबार आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका झालाई शनिबार नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ । मधेस प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उनी कार्यरत रहँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *