महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबरासँग आज पनि बयान लिने

प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि अभियोग तयार पार्न गठन गरिएको विशेष समितिको बैठक बस्न लागेको हो।

समितिमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम जारी रहेको छ । यस समितिमा अघि भदौ १५ र १६ गते समितिको बैठकले पनि जबरासँग बयान लिएको हो ।

महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले आज बिहान ११ पुनः बयान सुरु हुने जानकारी दिएका थिए । बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो ।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर