को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री, ऋषि सुनक वा लिज ट्रस ?

बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नयाँ नेता छान्ने प्रक्रिया सोमबार पुरा हुँदैछ । कन्जरभेटिभ दलको नेता नै बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छ ।

लिज ट्रस या ऋषि सुनक दलको नेताका लागि अन्तिम प्रतिस्पर्धामा छन् । शुक्रबार नै मतदान प्रक्रिया सकिएको भएपनि परिणामको घोषणा सोमबार मात्रै हुनेछ ।

सर्वेक्षणहरुले विदेशमन्त्री लिज ट्रसले जित्ने देखाएको छ । वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले जुलाईमा पदबाट राजिनामा दिने घोषणासँगै दलको नयाँ नेता छान्ने कार्यक्रम शुरु भएको थियो ।

पहिले खासै चर्चामा नरहेकी लिज ट्रसले पार्टी सदस्यको माझ आफ्नो लगातारको प्रभाव विस्तार गर्दै लगेर प्रधानमन्त्री पदको संघारमा पुगेकी छिन् ।

ब्रिटेनको पार्टी नेता कसलाई बनाउने भनेर निर्णय पार्टी सदस्यले गर्छन् । यसरी प्रधानमन्त्री छान्ने व्यक्तिहरुको संख्या ब्रिटेनको जनसंख्याको एक प्रतिशतभन्दा पनि कम छ ।

आफ्नो पार्टीको सदस्यहरुको समर्थन पाउनका लागि सुनक र ट्रस कैयौं कार्यक्रमहरुमा सहभागी भए । यस्तो कार्यक्रमहरुमा दुवै उम्मेदवारहरुलाई उनीहरुको नीतिको बारेमा प्रश्नहरु सोधिएको थियो । यस्ता कार्यक्रमहरुमा कन्जरभेटिभ पार्टीका सदस्यहरुले भाग लिए र यसको प्रशारण पार्टीको वेबसाइटमा गरिएको थियो ।

पार्टी सदस्यहरुका अतिरिक्त पत्रकारहरुलाई पनि यस्तो कार्यक्रममा सहभागी हुन अनुमति दिइएको थियो । त्यही पत्रकारहरुले प्रश्न गर्ने अवसर पाउँथे ।

पार्टी सदस्यहरुले नेता छान्नका लागि शुक्रबार २ सेप्टेम्बरसम्म मतदान गर्ने व्यवस्था गरिएको थियो । भोट हाल्ने अधिकार भने कन्जरभेटिभ पार्टीका ३ जुन २०२२ वा त्यसभन्दा अघि पार्टी सदस्य पाएको व्यक्तिलाई मात्रै थियो । मतदानका लागि योग्य सबै सदस्यले हुलाक वा अनलाइनमार्फत आफ्नो भोट खसाउने व्यवस्था गरिएको थियो ।

त्यसो त पहिले सदस्यहरुलाई दुई पटक भोट हाल्न पाउने व्यवस्था गरिएको थियो । यसमा दोस्रो पटक हालेको मतलाई गणना हुन्थ्यो ।
देशको गुप्तचर तथा सुरक्षाको जिम्मेवारी प्राप्त गरेको संस्था गभर्मेन्ट कम्युनिकेसन्स हेडक्वाटर अर्थात जीसीएचक्युअन्तर्गत काम गर्ने संस्था नेसनल साइबर सेक्युरिटी सेन्टर अर्थात एनसीएसीअन्तर्गत यो प्रक्रियामा अन्य देशले प्रभावित गर्न सक्ने चेतावनी दिएको थियो ।

यो चेतावनीपछि कन्जरभेटिभ पार्टीले आफ्नो सदस्यलाई एक पटक मात्रै भोट हाल्ने अनुमति दिने निर्णय गर्‍यो । तर अहिलेसम्म कन्जरभेटिभ पार्टीका कति सदस्य छन् भन्ने स्पष्ट भैसकेको छैन।

त्यसो त कुनै पनि राजनीतिक दललाई ठ्याक्कै संख्याको बारेमा जानकारी दिन बाध्यकारी व्यवस्था पनि छैन । २०१९ मा पार्टीको नेता चुनावमा लागि लगभग १ लाख ६९ हजार भोट हाल्नका लागि योग्य रहेका थिए । कन्जरभेटिभ पार्टीले त्यस यता यो संख्या बढेको जनाएको छ ।

पार्टीका नयाँ नेताको घोषणा १९२२ का कन्जरभेटिभ ब्याक बेच्न सांसदको समितिका अध्यक्ष सर ग्राहम ब्रेन्डीले गर्ने छन् । यो घोषणा सेप्टेम्बर ५ को स्थानीय समयअनुसार साढे १२ बजे गरिने छ ।

वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनले घोषणापछि आफ्नो राजिनामा महारानीलाई आजै बुझाउने आशा गरिएको छ । त्यसपछि महामारीले उनको उत्तराधिकारीको नियुक्त गर्ने छिन् ।

के बोरिस जोनसन अहिले पनि प्रधानमन्त्री छन् ?

संवैधानिक रुपमा देशमा एउटा प्रधानमन्त्री हुन आवश्यक छ । त्यसैले आफ्नो उत्तराधिकारीले पद नसम्हालुन्जेल बोरिस जोन्सन आफ्नो पदमा हुने छन् ।

सत्ताधारी दल परामर्शमा त्यस पार्टीको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि सामान्य रुपमा बकिंघन प्यालेसमा बोलाउने गरिएको छ ।
जबकी यो परम्पराभन्दा फरक अवस्था छ । बेलायती महामारी अहिले बोलमोरलमा रहेकी छिन् । यस्तो अवस्थामा प्रधानमन्त्री बोरिस जोनसन दुवै उनलाई भेट्न स्कटल्याण्ड जानेछन् ।

के बोरिस जोनसनमा अहिले पनि शक्ति छ ?

जब उनले महामारीलाई भेटेर औपचारिक रुपमा आफ्नो राजिनामा दिँदैनन त्यस समयसम्म प्रधानमन्त्रीको सबै शक्ति उनीसँग हुन्छ ।
तर वास्विकता भने उनीसँग नयाँ नीतिगत निर्णय लिने कुनै अधिकार भने हुँदैन । उनले आफ्नो क्याबिनेटमा पनि ठूलो परिवर्तन नहुने बताएका थिए ।

के आमचुनाव हुन्छ ?

कुनै प्रधानमन्त्रीले राजिनामा दिँदैमा स्वत आमचुनाव हुँदैन । उदाहरणका लागि टेरेसा मेले २०१६मा डेभिड क्यामरुनबाट प्रधानमन्त्रीको दायीत्व सम्हालिन पछि उनले चुनाव नगर्ने फैसला गरेकी थिइन् ।

यदि नयाँ प्रधानमन्त्रीले समयअघि नै चुनाव गर्ने निर्णय लिएनन भने सन् २०२५ जनवरीअघि चुनाव हुने संभावना छैन ।

कसरी हुन्छ अन्तिम दुई उम्मेदवारको चयन ?

कन्जरभेटिभ पार्टीका ३ सय ७५ जना सांसद कैयौं चरणमा भएको मतदान प्रक्रियामा सहभागी भएका थिए । यो मतदानको रुपमा आफ्नो मताधिकारको प्रयोग गरे । नेतृत्वमा दावी गर्नेहरु मध्ये कम मत प्राप्त गर्नेहरु क्रमश: बाहिरिदै गए ।

यो प्रक्रिया २ उम्मेवार बाँकी रहुन्जेलसम्म चल्यो । यसमा दुई उम्मेदवार बाँकी रहेका पूर्व अर्थतन्त्री ऋषि सुनक र विदेशमन्त्री लिज ट्रस बाँकी रहे । ती दुई मध्ये एकलाई पार्टी सदस्यले दलको नेता छान्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर