चुनावको मुखमा एक दर्जन सीडीओ सरुवा, काठमाडौंमा घनश्याम उपाध्याय

निर्वाचनको आचारसंहिता लागू गर्नु अघि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

निर्वाचन आयोगले असोज १ गतेदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता लगाउने तयारी गरेपछि गृहले एक दर्जन जिल्लाका सिडिओहरुको सरुवा गरेको हो । काठमाडौँ उपत्यकासहित प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायलाई काठमाडौंको प्रमुख बनाइएको छ ।

काठमाडौँका सीडीओ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा गरिएको छ ।

ललितपुरमा कास्कीका प्रजिअ जयनारायण आचार्यलाई ल्याइएको छ । कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ ।

जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय तानिएकी छिन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीलाई सरुवा गरिएको छ । दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ । भर्खरै मात्र उनी सूचना विभागका महानिर्देशकबाट गृहमन्त्रालयमा सुरुवा गरिएको थियो ।

दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ । पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथर को प्रजिअमा गणेश गैरेलाई पठाइएको छ ।

सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ सरुवा गरिएको छ । उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको गृह स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर