सन्दीप लामिछानेको निलम्बनबारे छलफल गर्न क्यानको आकस्मिक बैठक बस्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) आकस्मिक बैठक बस्दैछ।

बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा छलफल गर्न बुधबार साँझ बैठक बस्ने क्यान स्रोतले जनाएको छ।

सन्दीपले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै एक बालिकाले मंगलबार प्रहरीमा उजुरी दिएकी छन्। भदौ ५ गते राति काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरूमा लगेर सन्दीपले १७ वर्षकी ती बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा मंगलबार उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

प्रहरीले यस विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।

सन्दीप भदौ ६ गते टी–२० सिरिज खेल्न केन्या गएका थिए। केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।

उनको अनुपस्थितिमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *