उच्च अदालतको न्यायाधीशका लागि ८१ जना प्रारम्भिक छनोटमा, ७ दिनभित्र उजुरी आह्वान

न्याय परिषद्ले उच्च अदालतका रिक्त २७ न्यायाधीशका लागि ८१ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको छ।

परिषद्ले पहिलोपटक मुख्य न्याायाधीश नियुक्ति प्रारम्भिक सूची सार्वजनिक गरेको हो। उनीहरूमाथि उजुरी दिनका लागि परिषद्ले बुधबार सार्वजनिक सूचना पनि प्रकाशित गरेको छ।

परिषद्को बैठकले उच्च अदालतको ६ मुख्य न्यायाधीशका लागि १५ जनाको नामावली सार्वजनिक गरेको छ। उनीहरूमाथि ७ दिनभित्र उजुरी दिन सर्वसाधरणका लागि सूचना जारी गरिएको छ।

६ उच्च अदालतको मुख्य न्यायाधीशका लागि परिषद्को बैठकले उच्च अदालतमा कार्यरत रहेका न्यायाधीशहरूमध्येबाट सूची सार्वजनिक गरेको हो। एक उच्च अदालतमा मुख्य न्यायाधीश रहेका छन् भने अन्यमा रिक्त रहेको छ। नृपध्वज निरौला मुख्य न्यायाधीशका रूपमा रहेका छन्।

परिषद्को सोमबारको बैठकले उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश निता दीक्षित र जनकपुरका मुख्य न्यायाधीश विनोद शर्मा र डीएन पराजुलीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। उनीहरूको सिफारिसपछि रिक्त मुख्य न्यायाधीशमा नियुक्ति गर्नका लागि पहिलो सूची सार्वजनिक गरेको हो। यी मध्येबाट उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ति हुनेछन्।

त्यस्तै परिषद्को मंगलबारको बैठकले जिल्ला न्यायाधीश, कानून व्यवसायी, न्याय सेवा, सरकारी वकिल र कानून सेवाका कर्मचारीबाट आवेदन दिनेहरूको संक्षिप्त सूची सार्वजनिक गरेको हो।

परिषद्ले जिल्ला न्यायाधीशबाट ३८, कानून व्यवसायीबाट २५, न्याय सेवाबाट ७, सरकारी वकिल समूहबाट ७ र कानून सेवाका कर्मचारीबाट ४ कर्मचारी छनोट गरेको थियो। परिषद्ले केही समयअघि उच्च अदालतका लागि न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डका आधारमा निवेदन माग गरेको थियो।

करिब ३०० सय जनाले आवेदन दिएका थिए। तीमध्ये पहिलो चरणमा उनीहरूको नाम छनोट गरिएको हो। अब परिषद्ले फेरि मौखिक रूपमा परीक्षा लिएर ८१ जनाको छनोट गर्नेछ।

हेर्नुस् सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर