बालुवाटारमा सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन बुझाउने तयारी

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यादल र शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बिहान ९ बजेदेखि सुरु भएको बैठकमा सिट बाँडफाँटको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

बैठकमा सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँट सम्बन्धमा तयार पारेको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी छ। कार्यदलका एक सदस्यले बिहीबारको बैठकमा बुधबार कार्यदलले तयार पारेको सिट बाँडफाँटसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिइने जानकारी दिए।

सिट बाँडफाँटको विषय लगभग टुंगोमा पुगेको उनको भनाइ छ। यद्यपि सिट संख्याबारे भने थप छलफल गरेर औपचारिक रूपमा सार्वजनिक गरिने ती सदस्यले बताए।

कुल ११ सदस्यीय कार्यदलको संयोजक कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन्। कांग्रेसबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगनकुमार थापा सदस्य छन्। नेकपा (माओवादी केन्द्र)बाट देव गुरुङ, वर्षमान पुन, एकीकृत समाजवादीबाट वेदुराम भुषाल, प्रमेश हमाल सदस्य रहेका छन्।

यसैगरी जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोेर्चाबाट हिमलाल पुरी, आनन्द शर्मा सदस्य रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर