बेलायती महारानीको निधनप्रति दुःख व्यक्त गर्दै देउवाले भने- नेपालमा मायापूर्वक सम्झेका छौं

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले शुक्रबार शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताएका छन् । महारानी एलिजाबेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित गरेकी प्रधानमन्त्री देउवाले सन्देशमा बताएका छन् ।

महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा गरेको नेपालको महत्त्वपूर्ण राजकीय भ्रमणका लागि उनलाई नेपालमा मायापूर्वक सम्झिइने शोक सन्देशमा उल्लेख छ ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति बाल्मोरलमा निधन भएको हो । सन् १९५२ मा गद्दी सम्हालेकी उनले ७० वर्षसम्म शासन गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर