बेलायती महारानी एलिजाबेथको निधनमा भारतमा एकदिने राष्ट्रिय शोक घोषणा

भारत सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा एकदिने राष्ट्रिय शोक घोषणा गरेको छ।

महारानी एलिजाबेथसँगै बिहीबार नै निधन भएका ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्डको युनाइटेड किंगडमको सम्मानमा आइतबार राष्ट्रिय शोक घोषणा गरिएको भारत सरकारले जनाएको छ।

शोकको दिन राष्ट्रिय झण्डा नियमित रूपमा फहराइने सबै भवनहरूमा भारतभर आधा झुकाइने र त्यस दिन कुनै आधिकारिक मनोरञ्जन नहुने भारत सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू, भारतका उपराष्ट्रपति जगदीप धनखर र प्रधानमन्त्री नरेन्द्र मोदीले महारानी एलिजाबेथका निधनमा शोक व्यक्त गरेका छन्। उनीहरूले महारानी एलिजाबेथ आफ्नो समयको एक अटल र दयालु व्यक्तित्व भएकाे बताएका छन्।

महारानी एलिजाबेथले आफ्नो शासनकालमा राष्ट्र र जनतालाई प्रेरणादायी नेतृत्व प्रदान गरेको उनीहरूले शोक सन्देशमा उल्लेख गरेका छन्।

महारानीकाे बिहीबार ९६ वर्षकाे उमेरमा निधन भएकाे थियाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर