नेपालको प्रधानमन्त्री विदेशीहरूको योजनामा बनाइन्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको योजनामा बनाइने गरेको बताएका छन् ।

शुक्रबार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको चासो र योजनामा बनाइने गरेको बताएका हुन् ।

उनले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरूको हातमा रहेको बताए । उनले मन्त्रीहरू को बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरूको चासोको विषय हुने गरेको जिकिर गरे ।

अध्यक्ष लिङ्देनले हिन्दु राष्ट्र समाप्त पार्नेहरूको अभीष्ट अझै पनि पूरा भइनसकेको टिप्पणी गरे ।

अध्यक्ष लिङ्देनले नेपाललाई कसैको मागबिना नै धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै त्यसो हुँदा पनि हिन्दु धर्मावलम्बीहरूले कुनै विरोध गर्न नसकेका बताए । उनले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि ॐकार परिवारको प्रयत्न र सक्रियतालाई अझै बढाउनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर