प्रधानमन्त्री देउवाले राजदूतावास पुगेर व्यक्त गरे बेलायती महारानीको निधनप्रति दुःख

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महरानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन्। शनिबार बिहान काठमाडौंस्थित बेलायती राजदूतावास पुगेर देउवाले त्यहाँ राखिएको शोक पुस्तिकामा शोक सन्देश लेख्दै महारानीको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

यसअघि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दूतावास पुगेर शोक पुस्तिकामा पहिलो हस्ताक्षर गर्दैै महारानीको निधनप्रति दुःख व्यक्त गरेकी थिइन्।

महारानी एलिजावेथको निधनमा नेपालमा शुक्रबारदेखि आइतरबासम्म तीन दिन शोक मनाइँदैछ। यस अवधिमा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

महरानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो। उनले बेलायतमा ७१ वर्ष शासन गरेकी थिइन्।

उनको निधनलत्तै चार्ल्स तृतीत सेन्ट राजा बनेका छन्। जेम्स प्यालेसमा शनिबार आयोजना हुने समारोहमा उनले गद्दी आरोहण गर्दैछन्। चार्ल्सलाई शनिबार औपचारिक समरोहका बीच राजा घोषणा गर्न लागिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर