क्यानडामा दिउँसै गोली प्रहार गरेर प्रहरी अधिकारीको हत्या

चक्कु प्रहारबाट दश जनाले ज्यान गुमाएको र १५ जना घाइते भएको घटना सेलाउन नपाउँदै क्यानडाको सबैभन्दा ठूलो शहर टोरोन्टोमा एक जना प्रहरी अधिकारीको गोली प्रहार गरेर हत्या गरिएको छ ।

गोली प्रहार गरेको आरोपमा एक जना सन्दिग्धलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा घाइते भएका अन्य दुई जनालाई अस्पताल भर्ना गरिएको छ । घाइतेको परिचय खुलाइएको छैन ।

स्थानीय प्रहरी अधिकारीहरूले सन्दिग्धहरूले आइताबार दिउँसो गोली प्रहार गर्दा एक जना प्रहरी अधिकारीको घटनास्थलमै मृत्यु भएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

सशस्त्र आक्रमणकारीबाट जोगिन प्रहरीले सर्वसाधारणलाई चेतावनीयुक्त सूचना जारी गरेको छ । प्रहरीले आक्रमणकारीहरूको खोजी तथा घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *