नेपाल-कुवेतका अधिकारीबीच श्रम बजारमा कोभिडको असरबारे छलफल

नेपाल र कुवेतका अधिकारीहरुबीच कोभिड १९ महामारीपछि नेपाली कामदारको अवस्था बारेमा छलफल भएको छ ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी तथा कुवेत सरकारको पब्लिक अथोरिटी अफ मेनपावरका कार्यवाहक महानिर्देशक मुवाकर अल अज्मीबीच नेपाली कामदारको अवस्थाको विषयमा छलफल भएको हो ।

छलफलमा कोभिड- १९ महामारीले कुवेतको रोजगार बजारमा परेको असर, नेपाली कामदारहरूको वर्तमान अवस्था, प्रवेशाज्ञा जारी तथा नवीकरण, आवास तथा तलब सुविधा, रोजगारीको सुरक्षा, नेपाल र कुवेत बीच हवाई सेवाको क्षेत्रमा भएको थप विकास र विस्तारले पारेको सकारात्मक असरको बारेमा छलफल भएको कुवेतस्थित नेपाली दुतावासले जनाएको छ ।

‘हवाई सेवाको विस्तारले कामदारहरूको आवत-जावतमा परेको सकारात्मक प्रभाव, रोजगारीका नयाँ क्षेत्रहरूमा नेपालीका लागि अवसर विस्तार लगायतका विषयमा कुराकानी भयो’ दुतावासले जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर