बैंककको थाई आर्मी कलेजमा सहकर्मीकाे गाेली प्रहारबाट दुई सैनिककाे मृत्यु, एक घाइते

बैंककको एक थाई आर्मी कलेजमा बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुका साथै अन्य एक जना घाइते भएको थाई सेनाका प्रवक्ताले बताएका छन्।

रोयल थाई आर्मी वार कलेजका क्लर्क सार्जेन्ट मेजर योंगयुथ मुंगकोर्नकिमले स्थानीय समयअनुसार बिहान ८ः४५ बजे आफ्ना तीन जना सहकर्मीहरूलाई गोली हानेका थिए। घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले बताए।

सैनिकको विज्ञप्तिमा मारिनेहरूको नाम सार्जेन्ट मेजर नोप्पारट इन्थासुन्थर्न र सर्जेन्ट मेजर प्रकर्ण सिन्सोङ रहेको छ ।

घाइते अर्का सैनिक सार्जेन्ट मेजर योंगयुथ पन्यानुवाटलाई अस्पताल भर्ना गरिएको र सेनाले घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर