धारा जोड्न घुस माग्ने खानेपानीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानीको धारा जडानका लागि सेवाग्राहीबाट घुस लिएको अभियोगमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध भ्रष्टचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको अख्तिायरका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

खानेपानीको धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेपछि अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई गत साउन ३१ गते ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

उनलाई ५ हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) मा उल्लेख भएबमोजिमको अधिकतम सजाय मागदाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर