महाभियोग सिफारिस समितिमा नजाने सर्वोच्चका न्यायाधीशहरूको निर्णय

सर्वोच्च अदालतका न्यायाधीशरू संसद्को महाभियोग सिफारिस समितिमा बयानका लागि नजाने भएका छन् ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले महाभियोग सिफारिस समितिमा सहभागी हुन नसक्ने निर्णय गरेको हो ।

आफूमाथि लागेको महाभियोगका बारेमा सिफारिस समितिमा बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केही बहालवाला न्यायाधीशहरूको पनि नाम लिएका थिए ।

समितिले जबराले नाम लिएकाहरूलाई बयानमा बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर