ब्रुनाईमा तालिमको क्रममा गोर्खा सैनिकको मृत्यु

बेलायती गोर्खा सेनामा कार्यरत कर्पोरल नवीन थापा मगरको तालिमको क्रममा ब्रुनाइमा मृत्यु भएको छ । बेलायती रक्षा मन्त्रालयले अगस्ट ११ का दिन थापाको ब्रुनाईमा मृत्यु भएको बुधबार जनाएको हो ।

रक्षा मन्त्रालयले ‘नन अपरेसनल एक्सरसाइज’को क्रममा थापाकाे मृत्यु भएको जनाएको छ । घटनाको एक महिनापछि थापाको निधन भएको रक्षा मन्त्रालयले पुष्टी गरेपनि घटनाको थप विवरण भने दिएको छैन ।

‘रक्षा मन्त्रालयले दुखका साथ गोर्खा राइफल्सको फस्ट बटालियनका कर्पोरल नवीन थापा मगरको निधनको पुष्टी गर्दछ । २०२२ अगस्ट ११ मा नन अपरेसनल तालिमको दौरान भएको घटनामा उनको निधन भएको हो’ बेलायती रक्षा मन्त्रालयले भनेको छ ।

तनहुँका थापा दिल्ली कम्पनीमा कार्यरत थिए । उनी सन् २०१३ मा बृटिस सेनामा भर्ना भएका थिए ।

गोर्खा रेजिमेन्टमा जिम्मेवारी सम्हाल्नुअघि उनले गोर्खा कम्पनीको इन्फ्रेन्टी ट्रेनिङ सेन्टर क्याटरिकबाट आधारभूत तालिम पुरा गरेका थिए ।

बेलायती सेनाको रुपमा उनले आफ्नो बटालियनसँगै ब्रुनाई,बेलायत, बालकन क्षेत्रमा अपरेसन र विभिन्न राष्ट्रमा तालिममा संलग्न रहेका थिए  ।

रक्षा मन्त्रालयले २०२१ मा कोसोभामा सञ्चालन गरिएको ‘एलाइड सोलस’मा थापालाई बटालियनमा तैथान गरिएको थियो । अफगानी शरणार्थी सुरक्षित वातावरण बनाउनका लागि खटाइएको थियो । उनको परिवारमा आमा, बुबा, दाजु र बहिनी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर