परराष्ट्र मन्त्रालयले भन्यो- ‘अग्निपथ भर्ती’बारे चुनावपछि मात्रै निर्णय हुन्छ

परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने बताएको छ ।

बिहीबार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यसबारेमा मन्त्रालयले सरकारले कुनै पनि निर्णय नगर्ने जानकारी गराएको हो ।

यसअघि बुधबार एक कार्यक्रममा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपालले अग्निपथ योजनाबारे चुनावअघि नै निर्णय नगरे नेपालीका लागि छुट्याइएकाे कोटा अरूलाई दिने बताएका थिए ।

त्यसको भोलिपल्ट बिहीबार पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकार निर्वाचनको मिति तोकिसकेको अवस्थामा भएकाले तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताइन् । अग्निपथको बारेमा नयाँ निर्वाचित सरकारले निर्णय गर्ने उनको भनाइ छ ।

सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतापछि भारतीय सेनामा नेपाली भर्ती सुरु भएको थियो । अहिले भारतीय सेनाको ७ वटा गोर्खा राइफल्स रेजिमेन्टमा गरी करिब ३० हजार नेपाली सेवारत छन् ।

प्रवक्ता लम्सालले तत्कालका लागि अग्निपथसम्बन्धी विषयलाई थाँती राखेको बताउँदै यो विषय राजनीतिक दलहरूसँग परामर्श लिएर राष्ट्रिय सहमतिमा पुग्ने गरी आगामी सरकारले निर्णय गर्ने बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर