नेकपामा हुुँदा प्रचण्डले मलाई नै भष्म पार्ने षड्यन्त्र गरे : ओली

 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपामा हुँदा आफूलाई नै भष्म पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिए पनि आफूलाई छुरी रोपेको आरोप लगाए ।

उनले पार्टी एकता गरी बामपन्थी बलियो बनाउन आफ्नै छेउमा अध्यक्ष बनाएर राख्दा पनि साधारण सदस्यबाट नै हटाएको बताए । उनले माओवादी अध्यक्ष दाहाललाई विषालु दाँतको संज्ञा दिए ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पहिल्यै नेकपा एमालेसँग मिलिसकेको भन्दै अहिले प्रचण्ड गुटले मात्रै पार्टी छोडेर गएको बताए । उनले आन्दोलन धोकाबाट कहिल्यै सफल नहुने बताए ।

उनले गठबन्धन शब्दबाट अहिले आम नागरिकहरु आजित भएको बताए । उनले गठबन्धनलाई देश बिगार्ने, लोकतन्त्र सिध्याउने, भ्रष्टाचार गर्ने र भ्रष्टाचारलाई प्रश्रय दिने, नातावादी, आफन्तवादी, परिवारवादी, र आफ्ना स्वार्थमा कुदेको गठबन्धनको संज्ञा दिनुभयो ।

उनले अहिलेको गठबन्धनको हैसियत एमालेसँग सिधा हेर्नसक्ने नरहेको बताए । उनले आगामी निर्वाचनमा ५० लाख मत ल्याउने गरी तयारी थाल्न पनि पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा नेकपा एमालेले हार्नै नमिल्ने बताए । उनले देश, जनता, लोकतन्त्र, भ्रष्टाचार, शान्ति सुव्यवस्था, स्थिरता र स्थायित्वका लागि हार्न नमिल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर