अछाम पहिरो: ९ को मृत्यु र १० वेपत्ता, उद्दारका लागि हेलिकोप्टर पठाउन गृहमन्त्रीको निर्देशन

अविरल वर्षापछि आएको बाढी पहिरोको कारण अछाममा ९ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता रहेका छन् । कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा गरि अहिलेसम्म नौ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानाकारी आएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।
उनका अनुसार कमलबजार नगरपालिका वडा नं ६ को ठाँटीघाटमा गएको पहिरोमा परि ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको जानकारी आएको उनले बताए ।
कमलबजार वडा नं ८ मा चाउरे दमाइको घर पुरिदाँ परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको पनि उनले बताए । त्यस्तै ढकारी गाँउपालिकामा १ घर पुरिएर तीन घाइते भएको र एक वेपत्ता रहेका जानकारीपछि खोजी कार्य जारी रहेको जानकारी उनले बताए ।
तुर्माखाद गाँउपालिकामा पनि ९ जना बेपत्ता भएको जानाकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताए । यसैबीच गृहमन्त्री वालकृष्ण खाँणले लगातारको वर्षापछि
परि घाइते भएकाहरु, प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर