स्वतन्त्र उम्मेदवारले सांसद जिते पनि काम गर्न सक्दैनन् : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसद्मा केही काम गर्न नसक्ने बताएका हुन् ।

उनले स्वतन्त्र उम्मेदवारले संसद्मा बोलेर अलिकति चेतना जगाउन सके पनि आम रूपमा कुनै परिवर्तन ल्याउन नसक्ने बताए । उनले आफू राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानूनको सीमाका कारण आम रूपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसद्ले झनै नसक्ने बताए ।

कार्यकारी अधिकार नभएको ठाउँमा गर्ने कामहरू कम हुने उनको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले पार्टीको विकल्प स्वतन्त्र उम्मेदवार नभएको भन्दै सबैलाई पार्टीमा आबद्ध हुन आग्रह गरे ।

अघिल्लो पुस्ताका नेताहरूमा त्याग गर्ने क्षमता भए पनि निर्माण गर्ने कुरामा कमजोरी रहेको उनको भनाइ छ । अब देशमा विद्रोहको आवश्यकता नरहेको भन्दै उनले विद्रोह गर्नेलाई होइन सिर्जना गर्नेलाई भोट दिनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर