दशैंमा घर फर्कने सैनिक कर्मचारी र परिवारलाई निःशुल्क हवाई र बस सेवा

नेपाली सेनाले यस वर्षको बडादशैंमा बिदामा घर जाने सैनिक कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै निःशुल्क हवाई र बस सेवा सञ्चालनमा ल्याएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा सुविधाअन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यका २९ भदौदेखि १८ असोजसम्म सेनाद्वारा हवाई मुभ सञ्चालन गरी सकलदर्जा तथा आश्रित परिवारहरूलाई आ–आफ्नो गन्तव्य स्थालसम्म पुर्‍याउने कार्य भइरहेको जनाएको छ।

सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरूमा जमिनी बाटो (बस)बाट र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी र हिमाली क्षेत्रहरूमा हवाई उडान सञ्चालन गर्ने योजनाअनुरूप हालसम्म हवाई उडानमार्फत १३४ जना सकलदर्जा एवं आश्रित परिवारहरू लाभान्वित भएका र जमिनी मुभ ४ असोजबाट सञ्चालन हुने जनाइएको छ।

प्रधानसेनापति प्रभुराम शर्माले पदबहाली भएपश्चात् सकलदर्जालाई गरेको सम्बोधनमा उल्लेख भएको यो कार्यक्रम नेपाली सेनाले आफ्ना सकलदर्जा तथा आश्रित परिवारहरूलाई प्रदान गर्दै आइरहेको कल्याणकारी सेवा सुविधाहरूअन्तर्गत सञ्चालन गरिएको हो । गत वर्ष यस सुविधाअन्तर्गत हवाई उडानमार्फत ११२ जना र जमिनी मुभमार्फत १,३४० जना गरी जम्मा १,४५२ जना सकलदर्जा तथा आश्रित परिवारहरू लाभान्वित भएका थिए ।

साथै यस वर्षको बडादशैंको बिदामा जाने अधिकतम सकलदर्जा तथा आश्रित परिवारहरूलाई जमिनी तथा हवाई यातायातमार्फत सम्बन्धितहरूको गन्तव्यसम्म पुर्‍याउने योजना रहेको सेनाले जनाएको छ।

प्रतिक्रिया

One thought on “दशैंमा घर फर्कने सैनिक कर्मचारी र परिवारलाई निःशुल्क हवाई र बस सेवा

Leave a Reply to Santa thapa Cancel reply

Your email address will not be published. Required fields are marked *