भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको निधन

भारतका चर्चित हाँस्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ। उनको बुधबार बिहान दिल्लीमा ५८ वर्षको उमेरमा निधन भएको  भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

श्रीवास्तवलाई अगस्ट १० मा हृदयघात भएपछि दिल्लीको एम्स अस्पातलमा भर्ना गरिएको थियो । उपचारका क्रममा बीचमा स्वास्थ्यमा केही सुधार देखिए पनि अस्पताल भर्ना भएको ४१ औं दिन उनको निधन भएको आफन्तले बताएका छन्।

श्रीवास्तवका प्रमुख सल्लाहकार अजित सक्सेनाले डाक्टरले धेरै प्रयास गरे पनि उनलाई बचाउन नसकेको बताए।

श्रीवास्तव सन् १९८० को दशकदेखि मनोरञ्जन क्षेत्रमा सक्रिय थिए । सन् २००५ मा रियालिटी स्ट्यान्ड अप कमेडी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनमा भाग लिएपछि उनी चर्चामा आएका थिए।

उनी फिल्म विकास परिषद् उत्तर प्रदेशका अध्यक्ष पनि थिए। उनले ‘मैने प्यार किया’, ‘आमदानी उठ्नी खर्चा रुपैयाँ’ र ‘मै प्रेम’ जस्ता चलचित्रहरूमा पनि अभिनय गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर