पत्रकार महासंघले भन्यो- संविधान सबैले अक्षरशः पालना गर्नुपर्छ

नेपाल पत्रकार महासंघले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि विकसित राजनीतिक घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले संविधान सबैले अक्षरशः पालना गर्नुपर्नेमा जोड दिएको छ।

‘जननिर्वाचित संविधान सभाबाट जारी भएको नेपालको संविधान सबैले अक्षरशः पालना गर्नुपर्छ भन्ने पक्षमा महासंघ सधैँ उभिदै आएको छ। संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासंघ सधैं क्रियाशील रहँदै आएको छ । संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाहरूलाई पूर्णतः पालना गर्नपर्दछ भन्ने कुरालाई महासंघ विशेष जोड दिन चाहन्छ,’ महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पछिल्लो घटना क्रमलाई संवैैधानिक विधिबाट निकास दिई कुनै प्रकारको द्वन्द्व उत्पन्न हुन नदिनतर्फ जिम्मेवार बन्न पनि महासंघले सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *