इन्डो प्यासिफिकको काउन्टरमा चीनले बनाएको ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’मा नेपाल सहभागी नहुने

चीनले अघि सारेको सुरक्षा सम्बन्धी अवधारणा ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)मा नेपाल सहभागी नहुने संकेत गरेको छ ।

चीन सरकार मातहतको चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्ट(सीपीएएसडी)ले विश्व शान्ति दिवसका अवसरमा बुधबार आयोजना गरेको सम्मेलनमा भिडियो सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नुहने बताएकी हुन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीति असंग्लनता, पञ्चशीलको सिद्धान्त र पारस्परिक लाभमा आधारित रहेको बताएकी छन्। ‘नेपाल सबै देशसँग मित्रता राख्न चाहन्छ। हामी असंलग्नता, पञ्चशीलको सिद्दान्त र पारस्परिक लाभमा आधारित विदेश नीतिमा विश्वास राख्छौँ,’ राष्ट्रपतिले भनिन्, ‘कुनै पनि सैन्य गठबन्धनमा भाग लिँदैनौँ।’

सन् २०२२ को अप्रिलमा आयोजित बोआओ फोरम फर एसियाको वार्षिक कार्यक्रममा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले जीएसआईलाई अघि सारेका थिए। राष्ट्रपति सीले अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति (आईपीएस) र क्वाड (अमेरिका, जापान, अस्ट्रेलिया र भारत) समूहको औचित्यमाथि प्रश्न गर्दै चीनको नेतृत्वमा जीएसआईलाई प्रस्ताव गरेका हुन्।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति भण्डारीको सहभागिता रहेको थियो । चीनले नेपाललाई पटक पटक सो इनिसिएटिभमा सहभागी आग्रह गर्दै आएको छ ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु, चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख लिउ चियान्छाओदेखि गत चैतमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग नेपालको उच्च नेतृत्वलाई नेपालले ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) मा मात्रै भाग लिने बताउँदै आएका थिए ।

नेपालले जीडीआईमा सहभागी हुने नीति अख्तियार गरे पनि सैन्य प्रकृतिको जीएसआई जस्तो संस्थाहरुमा भने आबद्ध नहुने बताउँदै आएको छ । अनौपचारिक रुपमा सरकारी अधिकारीहरुले जीएसआईमा सहभागी नहुने बताउँदै आएका छन् ।

चिनियाँ पक्षले भने नेपाल जीआईएसमा सहभागी भएको दावी गर्दै आएका छन् । नेपाली पक्षले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

नेपाल सरकारले भने असंलग्न परराष्ट्र नीति लिँदै कुनै पनि मुलुकसँगको सैन्य वा सुरक्षा गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । यही कारण केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले आईपीएसमा सहभागिता नजनाउने निर्णय गरेको थियो ।

गत जेठमा यस विषयको दस्तावेजहरु सार्वजनिक भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले असार ६ मा आईपीएसअन्तर्गत रहेको अमेरिकी कार्यक्रम स्ट्रेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा पनि सहभागिता नजनाउने निर्णय गर्‍यो ।

बिहीबार आयोजित कार्यक्रममा पनि जिएसआई सम्बन्धी छलफल हुने भने पनि राष्ट्रपति भण्डारीले सदैव निशस्त्रिकरणमा पक्षमा नेपालले जोड दिँदै आएको बताउँदै आणविक तथा आम विनाशकारी हतियारको होडबाजी रोकिनुपर्ने बताइन्।

भण्डारीले विश्व शान्ति स्थापनाका लागि आर्थिक रुपमा कमजोर र गरिबीको चपेटामा परेका पिछडिएका देशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्ने बताइन्। उनले गरिबी र पछौटेपन नहटेसम्म विकास र समृद्धि सम्भव नरहेको उल्लेख गरिन्।

भिडिओ सन्देशमा राष्ट्रपति भण्डारीले भगवान् गौतम बुद्धको जन्मस्थल नेपालबाट अन्तर्राष्ट्रिय सम्मेलनलाई शान्ति दिवसका दिन सम्बोधन गर्न पाउँदा खुशी लागेको बताइन्।

‘विश्व शान्ति तथा निशस्त्रीकरणको कामनासहित आयोजित यस कार्यक्रमले विश्व प्रबर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएकी छु’ उनले सम्बोधनमा भनिन्।

यसैबीच नेपालले ग्लोबल डेभ्लोप्मेन्ट इनिसिएटिभ (जीडीआई)का दुई वटा परियोजनामा नेपाल छनोट भएको छ । चिनियाँ विदेश मन्त्रालय जनाएअनुसार जीडीआई अन्तर्गत पहिलो समूहमा ५० वटा परियोजना विश्वभरबाट छनोट गरिएको छ । जसमा २ वटा नेपाल परियोजनामा

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *