मनमोहक सुगन्धसहितको पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक प्याकेजिङले सुसज्जित पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा ब्राउन रङका सुगन्धित काँटीहरू हुनेछन् । कम्पनीले पुष्पाञ्जली अगरबत्तीको प्रति प्याक बिक्री मूल्य एक सय रुपैयाँ कायम गरेको छ ।

यस अगरबत्तीमा फूलको थप सुगन्ध भएकाले हरेक शुभकार्यको निमित्त उपयुक्त हुनुका साथै पूजाको अद्वितिय अनुभव प्राप्त गर्न सकिने उत्पादक कम्पनीले जनाएको छ । यस अगरबत्तीले उत्कृष्ट गुणस्तरीयता कायम राखी साथमा मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउँछ भन्ने आशा राखेको छ ।

दैनिक पूजामा प्रयोग हुने विभिन्न सुगन्धित फूलहरूको सम्मिश्रण मंगलदीप पुष्पाञ्जली अगरबत्तीमा रहेको छ । पुष्पाञ्जली अगरबत्तीका प्रिमियम सुगन्धले मन आनन्दित बनाई परमात्माको ध्यानमा दत्त चित्त भई लाग्न उत्प्रेरित गर्नेछ । यस अगरबत्तीको सुगन्धले सम्पूर्ण घरलाई नै पावन बनाउँछ । आफ्नो हरेक बिहानी पुष्पाञ्जली प्रिमियम अगरबत्तीको थप सुगन्ध प्रयोग गरी आफ्नो दैनिकीलाई सुन्दर बनाउन सकिने छ ।

यस उत्पादनले प्रिमियम अगरबत्ती खोज्ने सम्पूर्ण ग्राहकहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ । मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्यावेंडर, ज्यास्मिन, त्रिसारा तथा त्रेयालगायतका विभिन्न ब्रान्डहरू बजारमा सर्वत्र उपलब्ध छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर