परराष्ट्रमन्त्री खड्का र युरोपेली सांसद टोलीबीच भेटवार्ता

युरोपेली संसदीय प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको छ।

नेपालको दुईदिने भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेको युरोपेली संसदीय प्रतिनिधिमण्डलले शुक्रबार बिहान परराष्ट्रमन्त्री डा. खड्कासँग मन्त्रालयमा भेटवार्ता गरेको हो।

भेटमा नेपाल र युरोपियन युनियनका द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको छ। पर्यावरण, जलवायु परिवर्तन तथा नवीकरणीय उर्जा, व्यापार तथा लगानी, विकासशील मुलुकमा नेपालको अवस्था तथा त्यसको तयारी र पर्यटन उद्योग तथा नागरिक उड्डयनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोली नेपालको संवधिान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्न नेपाल भ्रमणमा आएको हो। भ्रमणको पहिलो दिन बिहीबार यो टोलीले नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *