२४ घण्टाभित्र बजेटबाहिरका योजना र कार्यक्रमको विवरण पेस गर्न अर्थ मन्त्रालयलाई आयोगको निर्देशन

र्वाचन आयोगले आर्थिक वर्ष २०७९/०८० मा समावेश बाहेकका योजना र कार्यक्रमको विवरण चौबिस घण्टाभित्र बुझाउन अर्थसचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्नेगरी नयाँ योजना र कार्यक्रम कार्यान्वयनमा आएको गुनासो आएपछि आयोगले शुक्रबार सो निर्देशन दिएको हो।

‘सरकारबाट साउन १९ मा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकिए पश्चात व्यवस्थापिका संसद्बाट आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र नियकाहरूमा के कति रकम कुन कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा अर्थ सचिवबाट २४ घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन दिइएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा संसदबाट आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर गर्ने आयोगले जनाएको छ।

आयोगले चुनावको मिति घोषणा भएपछि अर्थात् साउन १९ गतेयता रकमान्तर र स्राेत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टाभित्र स्पष्ट पार्न र विवरण बुझाउन भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर