‘एकथरी मान्छेहरू प्रचण्ड सिद्धियोस् भनेर रातदिन धूप हालेर बसेका छन्’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका हुन् ।

उनले संरक्षकबाट नै जानीबुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धीहरू खोस्ने षड्यन्त्रको रूपमा रहेको टिप्पणी गरिन् । उनले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि सुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको बताए ।

उनले आफूहरूले शतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनैपनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको बताए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे । विधेयक प्रमाणीकरण नगर्दा संविधान र परिवर्तनमाथि प्रहार भएको उनको भनाइ छ । उनले प्रतिगमनको फणाहरू उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताए ।

उनले एकथरी मानिसहरूले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धूप हालेर बसेको बताए । प्रचण्ड अस्थिरताको कारण हो भन्ने प्रचार गरिएको भन्दै सो प्रचार पनि प्राप्त राजनीतिक उपलब्धीहरू उल्ट्याउने षड्यन्त्रको रूप भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर