सिरियामा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा ६१ जनाको मृत्यु

सिरियाको तटमा डुंगा डुब्दा ६१ जना आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २० जनाको उद्धारपछि उपचार भइरहेको सिरियाका यातायातमन्त्रीले जनाएका छन्।

सिरियाली शहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुंगामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरू अधिकांश लेबनानी, सिरियाली र प्यालेस्टाइनी नागरिक रहेका बताइएको छ।

दुर्घटनाको अवस्थाले देशको आप्रवासी जनसंख्यामा गम्भीर प्रभाव पारेको र धेरै आप्रवासीहरू युरोपलगायत अन्यत्र भाग्न खोजिरेहेको समाचारमा जनाइएको छ।

सेप्टेम्बर सुरुमा लेबनानबाट युरोपका आप्रवासीहरू बोकेको डुंगा टर्कीको तटमा डुब्दा बालबालिकासहित छ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर