राष्ट्रपतिविरुद्धका रिटमाथिको सुनुवाइ आइतबारलाई सर्‍याे

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमा शुक्रबार सुनुवाइ हुन सकेन।

विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै सर्वोच्चमा पाँचवटा रिट दर्ता भएका थिए। अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराललगायतका पाँच जनाले बिहीबार छुट्टाछुट्टै रिट दर्ता गरेका थिए।

ती रिटमाथिको सुनुवाइ आइतबारलाई सारिएको छ। रिटको पेसी शुक्रबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो।

राष्ट्रपति भण्डारीले संवैधानिक बाध्यताका बाबजुद संघीय संसद्का दुवै सदनबाट पारित भएर दोस्रो पटक शितलनिवास पुगेको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर