ग्लोबल आईएमई बैंकले ल्यायो दुई वर्षमै मुद्दती बचत दोब्बर हुने योजना

ग्लोबल आईएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना ल्याएको छ। ’ग्लोबल आईएमई धनवृष्टि मुद्दती योजना’अन्तर्गत ग्राहकले दुई वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्नेगरीको योजना बैंकले सार्वजनिक गरेको हो।

यसको अर्थ होइन कि कसैले बैंकमा एक लाख रुपैयाँ बचत गर्दा दुई वर्षपछि आफैं दुई लाख हुन्छ।

बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकले सबभन्दा सुरुमा मुद्दती निक्षेप खाता खोल्न कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ। यस्तो रकम कम्तीमा दस हजार रुपैयाँ हुनुपर्छ।

यो पैसा जम्मा गरेपछि हरेक तीन/तीन महिनामा छनौट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्नुपर्छ। अर्थात् वर्षको चार पटक। दुई वर्षको योजना भएकाले यस हिसाबले जाँदा आठ पटक यसरी रकम जम्मा गर्नुपर्ने हुन्थ्यो। तर बैंकले अन्तिम त्रैमासमा रकम जम्मा गर्न नपर्ने गरी यो योजना ल्याएको हो।

त्यसैले दुई वर्षमा तीन/तीन महिनामा गरेर सात पटक आफूले जम्मा गरेको कुल रकमको दस प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ।

मानौं तपाईंले यो योजना अन्तर्गत मुद्दती निक्षेप खाता खोलेर एक लाख रुपैयाँ जम्मा गर्नुभयो। अब यसको १० प्रतिशत हुने भयो १० हजार रूपैयाँ। अब नियमअनुसार हरेक तीन/तीन महिनामा दस/दस हजार जम्मा गर्दै जानुपर्छ।

दुई वर्षमा सात पटक यसरी दस हजार रुपैयाँ जम्मा गर्दा ७० हजार रुपैयाँ पुग्छ। सुरूमा राखेको एक लाख रुपैयाँ त छँदैछ।

अब मुद्दती योजनाको दुई वर्ष पुगेपछि बैंकले सुरूमा राखेको एक लाख रुपैयाँ, हरेक त्रैमासमा जम्मा गरेर भएको ७० हजार रुपैयाँ र ब्याजका रूपमा ३० हजार रुपैयाँ थपेर दुई लाख रुपैयाँ दिनेछ।

बैंकका अनुसार यो मुद्दती योजना विशेष जागिरे मानिसहरूका लागि उपयुक्त र फाइदाजनक छ। यो योजना चाडपर्व विशेष भएकाले छठ पर्वसम्म लागू हुने बैंकले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर