ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजना, काठमाडौंमा घर उपहार

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ईसेवा मनि ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन ६ महिनाको लागि ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो ।

ईसेवा मनि ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीहरूले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ईसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरूपमा काठमाडौंमा सुविधा सम्पन्न घर दिने घोषणा गरेको छ । विदेशमा रहेका नेपालीहरूले ईसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाएर ईसेवाको ‘मेरो डिजिटल देश’ अभियानमा सहभागिता जनाउन सकिने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले विदेशबाट नेपालीहरूले पठाउने रेमिट्यान्सको लागत कम गर्न डिजिटल रेमिट्यान्समार्फत ‘मेरो डिजिटल देश’ अभियान सुरु गरिएको बताए । उनले ईसेवा मनि ट्रान्सफरले नेपालीहरूले नेपालमा रेमिट्यान्स पठाउँदा लागत कम गर्न सफल हुँदै आएको पनि बता ए।

कोइरालाले नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई सफल बनाउनको लागि यो अभियान सार्वननिक गरेको बताए । उनले विश्वका विभिन्न देशमा रहेका नेपालीहरुले ईसेवा मनि ट्रान्सफरको अभियानमा सहभागी भई रेमिट्यान्स पठाएर सहयोग गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै ब्राण्ड एम्बास्डर महानायक राजेश हमालले ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा जोडिन पाउँदा गर्व लागेको बताए । उनले विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूले पठाउने रेमिट्यान्स सही ढंगगले र कम लागतमा नेपाल आउनसके राम्रो हुने बताए ।

उनले ईसेवा मनि ट्रान्सफरबाट नेपालमा पैसा पठाए विदेशमा मेहनत गरेर नेपालीहरूले कमाएको पैसा सही रूपमा नेपालमा आउने बताए । उनले खाडी मुलुकमा पुगेर व्यक्तिगत रूपमा नै भेटेर अभियानको विषयमा जानकारी गराउने बताए ।

त्यस्तै नायिका स्वस्तिमा खड्काले ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा जोडिन पाउँदा खुशी लागेको बताइन् । उनले ईसेवाले यस्ता योजनाहरू बनाउँदा व्यावसायिक रूपमा मात्रै नभएर ग्राहकलाई खुशी बनाउने योजनाका साथ काम गर्दै आएको बताइन् ।

त्यस्तै ईसेवा मनि ट्रान्सफरका व्यवस्थापक सागर खनालले विदेशबाट नेपालीहरूले डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा ५० प्रतिशत लागत कम हुने बताए । उनले नेपालमा आउने रेमिट्यान्स सबै डिजिटल बनाउन सके वार्षिक रूपमा २० अर्ब रेमिट्यान्स बढाउन सकिने बताए ।

उनले मनि ट्रान्सफरले सार्वजनिक गरेको ‘मेरो डिजिटल देश’ योजना फागुन ६ गते २०७९ सम्म चल्ने बताए । उनले योजनाअनुसार काठमाडौंमा घर उपहार पाउनको लागि विदेशबाट ईसेवा वालेट वा नेपाली बैंकहरूमा डिजिटल रेमिट्यान्समार्फत रकम पठाउनुपर्ने बताए ।

परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेशन गर्ने उद्देश्यले ६ महिने ‘मेरो डिजिटल देश’ अभियान गर्न लागेको कम्पनीले जनाएको छ । यो योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन, देशको अर्थतन्त्र बलियो बनाउन तथा विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत पुग्ने कम्पनीको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर