मलाई आठ हजार एक सयवटा नक्कली फेसबुक आईडीबाट गाली आउँछ : महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरूमा भ्रम छर्ने काम भइरहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय युवा संघको प्रचार भेलामा बोल्दै नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरूमा भ्रम छरेको बताएका हुन् ।

उनले राष्ट्रिय युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने बताए । नेता बस्नेतले पछिल्लो समय युवाहरूमा देखिएको निराशालाई युवा संघले समयमा समाल्न नसके विदेश पलायन वा विकृतिमा लाग्ने बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर माओवादीे, वाईसीएल, कांग्रेस, नेविसंघलगायतले भ्रम छरेको आरोप लगाए ।

नेता बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैल्याउन पार्टीका नेता कार्यकतालाई समाप्त पार्ने गरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरू उत्पादन गर्न विभिन्न समूह लागेको बताए । उनले त्यसको लागि अन्तराष्ट्रिय मिसिनहरूसमेत परिचालित भएको दाबी गरे ।

नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमालेमाथि जथाभावी आक्रमण भइरहेको बताए । उनले सामाजिक सञ्चाल र साइबरमार्फत एउटा कोठामा बसेर एमालेलाई आक्रमण गरेको बताए ।

नेता बस्नेतले आफूलाई नक्कली आईडीमार्फत ८ हजार १ सय जनाले गाली गर्ने गरेको बताए । उनले नक्कली आईडी बनाएर गाली गर्नेहरूलाई राम्रो सम्बोधन गर्न नसकिने बताए ।

उनले आगामी निर्वाचनमा एमाले माथि बाधा अड्चन आउँछ भने युवासंघले प्रतिकार गर्नुपर्ने बताउनु भयो । उहाँले युवा संघले नवीनता, गतिशिलतासँगै रहरलाग्दो, भरलाग्दो र डरलाग्दो युवा संघ अगाडि जाँदा मंसिर ४ गतेको निर्वाचनमा एमालेको विजय कसैले रोक्न नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर