विद्युत प्राधिकरणका कर्मचारीहरूको बोनस खोसेर जनतालाई वितरण गर्ने योजना छैन : मन्त्री भुसाल

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणका कर्मचारीहरुको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना नभएको बताएकी छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कर्मचारीहरुले कर्मचारीहरुको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना बनाएको भन्ने संकीर्ण सोच नराख्न आग्रह गरेकी हुन् ।

उनले बोनसको विषयमा फरक रुपमा राजनीतिकरण गर्ने काम नगर्न युनियनलाई निर्देशन दिइन् । मन्त्री भुसालले प्राधिकरण घाटामा रहँदासमेत ऋण गरेर भए पनि कर्मचारीहरुलाई तलब खुवाएकाले नाफामा जाँदा तलब नदिने विषय नभएको बताइन् ।

उनले सरकारले अझै ७ लाख जनतालाई विद्युत पु¥याउनुपर्ने अवस्था रहेको बताइन् । उनले प्राधिकरणका स्थायी र अस्थायी सबै कर्मचारीहरुले १० प्रतिशत बोनस नै पाउने बताइन् ।

मन्त्री भुसालले प्राधिकरणमा काम गर्ने सबै कर्मचारी भएकोले सबैले सम्मान बोनस दिने बताइन् । उनले सरकारले कर्मचारीहरुको १५ प्रतिशत तलव बढाए पनि मन्त्रीहरुको तलब नबढाएको बताइन् ।

मन्त्री भुसालले विद्युत प्राधिकरणलाई १६ अर्बको नभएर १६ खर्ब नाफा गर्ने संस्थामा बदल्नुपर्ने बताइन् । उनले प्राधिकरणले १६ खर्बको नाफा गर्दा कर्मचारीहरुले अहिले पाएको भन्दा १६ गुणा बढी सेवा सुविधा बढ्ने बताइन् ।

मन्त्री भुसालले प्राधिकरणमा पाँच जना युनियनको नेता नभएर एकजना भए पुग्ने बताइन् । उनले प्राधिकरणमा आधिकारी रुपमा एउटा युनियन बनाउन आग्रह गरिन् । उनले कार्यालय समयमा प्राधिकरणमा कुनै राजनीतिक नभएर संस्थाको वृद्धि विकासमा काम गर्न निर्देशन दिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर