प्रधानमन्त्रीलाई राष्ट्रपतिको पत्र : मन्त्रिपरिषदको अजेण्डा पूर्व जानकारी गराउनु

नागरिकता विधेयकको विषयमा सरकारसँग तनाव बढी रहेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदमा छलफल हुने अजेण्डाको बारेमा पूर्व जानकारी आफूलाई गराउनु आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेख्दै संविधानको धारा ८१ मा रहेको व्यवस्थाअनुसार मन्त्रिपरिषदको अजेण्डाको बारेमा पूर्व जानकारी गराउन आग्रह गरेकी हुन् ।

शुक्रबारको मन्त्रिपरिषद बैठकमा मुख्यसचिव शंकरदास बैरागीले राष्ट्रपति भण्डारीले लेखेको पत्र बैठकमा पढेर सुनाएका थिए । राष्ट्रपति कार्यालयबाट आएको पत्रका संविधानको धारा ८१ मा मन्त्रिपरिषदको बैठकमा अजेण्डा बारेमा जानकारी गराउने उल्लेख रहेको भन्दै त्यस्तै अनुसार गर्न आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीको पत्रप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठकमै असन्तुष्टी व्यक्त गरेको समाचारहरु आएका छन् । बैठकमा सहभागी रहेका मन्त्रीहरुका अनुसार संवैधानिक राष्ट्रपतिकाे रुपमा रहेकी भण्डारीले राजनीति गरिरहेको बताएका थिए ।

देउवाले संसदबाट पारित गरेको विधेयक दुई पटक प्रमाणिकरण गर्न अश्विकार गरेर राजनीति गर्नका लागि राष्ट्रपतिले यसरी पत्र लेखेको बताएका थिए ।

संविधानको धारा ८१ मा प्रधानमन्त्रीले ४ विषयमा राष्ट्रपतिलाई जानकारी गराउनु पर्ने विषय रहेको छ । मन्त्रिपरिषदको निर्णय, संघीय संसदमा पेश गरिने विधेयक, राष्ट्रपतिले जानकारी मागेको अन्य आवश्यक विवरण र नेपालको समसामयीक परिस्थिति र वैदेशिक सम्बन्धका विषय रहेका छन् ।

संसदको दुवै सदले पारित गरेको नागरिकता सम्बन्धी विधेयक दोस्रो पटक प्रमाणिकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सरकार र राष्ट्रपतिबीच तनाव बढेको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक पारित विषयमा उपराष्ट्रपति र प्रधानमन्त्रीले विज्ञप्ती जारी गरेर विरोध गरेका थिए ।

प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्रीलाई राष्ट्रपतिको पत्र : मन्त्रिपरिषदको अजेण्डा पूर्व जानकारी गराउनु

  1. महामहिम उपराष्ट्रपति ज्यूले आफ्नो अस्तित्व आफै समाप्त पारेका छन् !

  2. महामहिम रास्ट्रपतिले जे गरेकी छिन रास्ट्रको हितमा गरेकी छिन र नेपाललाइ सिक्किमिकरण हुनबाट बचाएकी छन। भारतिय दलालहरुलाई झापड दिएकी छन।

Leave a Reply to दधी राम पौडेल Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर