इक्वेडर प्रहरीद्वारा ३.५ टन कोकिन बरामद, राष्ट्रपतिले घाेषणा गरे लागुऔषध तस्करीविरुद्धको लडाइँ

याकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ ।
सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरेर बेल्जियम पठाउन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा बरामद भएकाे इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले बताएका छन् । सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागुऔषध बरामद गरिएको छ।

इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागुऔषधको तस्करी विरुद्धको लडाइँको घोषणा गरेका छन् ।

बुधवार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागुपदार्थको तस्करीविरुद्ध लड्न अन्तरर्राष्ट्रिय सहयोगको लागि आह्वान गर्दै ‘अन्तरराष्ट्रिय अपराधको लागि अन्तरराष्ट्रिय समाधान चाहिने’ कुरा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर