पाकिस्तानी प्रधानमन्त्रीद्वारा भारतसँग शान्तिको आह्वान

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाउँदै भारतसँग आफ्नो देशले शान्ति स्थापना र शान्तिपूर्ण व्यवहारको अपेक्षा गरेका छन्।

‘हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौं, दक्षिण एशियामा दिगो शान्ति र स्थिरता चाहेका छौं । तथापि यो कार्य भने जम्मू र कश्मीर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ,’ उनले भनेका छन् ।

भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अंग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ ।

‘भारतले रचनात्मक संलग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ। हामी छिमेकी हौं र हामी सधैंभरि त्यहाँ छौं, हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो,’ शरीफले महासभामा भनेका छन्, ‘‘सन् १९४७ यता हामीले तीनवटा युद्ध गरिसकेका छौं र त्यसको फलस्वरूप दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढेको छ । अब हाम्रा मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा पनि हाम्रै हो ।’

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७७औं महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शेहबाज शरिफले देशमा भरखरै आएको विनाशकारी बाढी र त्यसले पारेको असरका बारेमा पनि सम्बोधन गरेका छन् ।

यो बाढीमा ४०० भन्दा बढी बालबालिका सहित १५०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । बाढीका कारण थुप्रै कुपोषणको जोखिममा छन्।

पाकिस्तानमा बाढीका कारण एक करोड ८० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको छ भने
प्रकोपबाट झण्डै ८० लाख मानिस विस्थापित भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर