अन्तर्राष्ट्रिय शान्ति दिवसमा नेपाल स्काउटको साइकल र्‍याली

नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्‍याली गरेको छ । शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामूलक कार्यक्रमसहित साइकल र्‍याली गरेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको र्‍याली वसन्तपुरमा गएर टुंगिएको थियो । र्‍याली तारकेश्वर नगरपालिकाबाट सुरु भई वसन्तपुरमा पुगेर सकिएको छ ।

नेपाल स्काउटको आायेजनामा भएको साइकल र्‍यालीमा विभिन्न स्थानबाट गरी १ हजार भन्दा बढीले सहभागिता जनाएका थिए । साइकल र्‍याली सकिएपछि वसन्तपुरमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जातीय भेदभावको अन्त्य गर्दै विश्व शान्तिको अभियानमा स्काउटले काम गरिरहेको बताए ।

उनले कुनै पनि बालबालिकामाथि हुने हिंसा र अन्य हिंसात्मक गतिविधि नहोस् भन्नका लागि स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्तिपूर्ण र सचेतनामूलक कार्यक्रमको आयोजना गरेको बताए । उनले नेपाल शान्तिप्रिय बुद्धभूमि भएकाले पनि सबै नेपालीले शान्तिको लागि आह्वान गर्नुपर्ने बताए ।

त्यस्तै नेपाल स्काउट तारकेश्वर नगरपालिकाका उपसंयोजक पूर्णप्रसाद तिमिल्सिनाले अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा शान्तिपूर्ण कार्यक्रम गरेर शान्तित्वको स्थापना गर्नुपर्ने सन्देश दिएको बताए । उनले साइकल र्‍यालीमा करिव १ हजार जनाले सहभागिता जनाएको बताए ।
साइकल र्‍यालीमा भक्तपुर, पाटन, तारकेश्वर, टोखा लगायत काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाहरुबाट शान्तिको सन्देशका लागि आम नागरिकहरुको सहभागितामा रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर