बागमती प्रहरीको तीन महिना : १२९ जना लागुऔषध कारोबारी पक्राउ, हराएका २३३ जना मानिस फेला

बागमती प्रदेश प्रहरी कार्यालयले साउन २२ देखि असोज ६ गतेसम्मको अवधिमा हराएका ३ सय २९ जना मानिसमध्ये २ सय ३३ जना फेला पारेको छ।

प्रदेशका १० वटा जिल्लामा भएका गतिविधिहरू सो अवधिमा भएका कामको विवरण सार्वजनिक गर्दै कार्यालयले हराएका ३ सय २९ जना मानिसमध्ये २ सय ३३ जना फेला पारेको जनाएको हो।

हराउनेमा ६५ पुरुष, १४१ महिला, ३० बालक, ८५ बालिका र ८ जना ज्येष्ठ नागरिक थिए। तीमध्ये ४० पुरुष, ९७ महिला, २५ बालक, ६७ बालिका र ४ जना ज्येष्ठ नागरिक फेला परेकाे डीआईजी किरण बज्राचार्यले जानकारी दिइन्।

यस्तै यस अवधिमा लागुऔषधका ९४ वटा मुद्दामा १२९ जनालाई पक्राउ गरेको छ। २ हजार ३ सय २० केजी गाँजा, ९५ केजी चरेश, २ केजी अफिम, १९४ ग्राम खैरो हेरोइन, दुई थान नाइट्रोजन ट्याब्लेट, ८८६ थान डाइजोपाम, ५३४ थान फेनरागन, ६६७ थान नुर्फिन, १५१ थान बुर्फिननर्पिन र ११० थान नाइट्रोजेपाम बरामद गरेको छ।

 

प्रतिक्रिया

One thought on “बागमती प्रहरीको तीन महिना : १२९ जना लागुऔषध कारोबारी पक्राउ, हराएका २३३ जना मानिस फेला

  1. This is an amazing and great performance in a very short period of time. Job very well done, congratulations and wishing for more and more success in future.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर