चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत फेल

नेपाल मेडिकल काउन्सिलको ६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा)मा ५७ दशमलव ६८ प्रतिशत अर्थात् १ हजार १७६ जना अनुत्तीर्ण भएका छन् । काउन्सिलले शनिबार सार्वजनिक गरेको नतिजा अनुसार ३२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् ।

बिहीबार, शुक्रबार र शनिबार लाइसेन्सको परीक्षा भएको थियो । काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए । जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भए भने २१ जना अनुपस्थित रहे ।

उनका अनुसार डेन्टल (बीडीएस)तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । बीडीएसतर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन् ।

यस्तै एमबीबीएसतर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ७०५ जनाले आवेदन दिएका थिए । १ हजार ६८६ जनाले परीक्षा दिएकोमा ७४० जना उत्तीर्ण र ९४६ जना अनुत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *