चिनियाँ राष्ट्रपति सीविरुद्ध सैन्य कु? यस्ताे छ सामाजिक सञ्जालमा बहस र तर्क

चिनियाँ राष्ट्रपति सी जिनपिङविरुद्ध सैन्य कु भएको अपुष्ट खबरले संसारभर सामाजिक सञ्जाल तरंगित बनेको छ । याे विषयमा सामाजिक सञ्जालमा बहस र तर्क भइरहेका छन् ।

संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को उज्बेकिस्तानको समरकन्डबाट फर्किएपछि सीलाई नजरबन्दमा राखेको भन्ने विषय बाहिर आएकाे हाे ।

यस विषयमा कुनै विश्वसनीय संस्थाबाट जानकारी बाहिर नआएपनि संसारभर सी जिनपिङ, बेइजिङ, सैन्य कुसहितका विषय ट्रेन्डिङमा रहेको छ ।

शनिबारदेखि नै यो विषय सामाजिक सञ्जालमा आगो जस्तो गरि फैलिएको छ । त्यसमा कु भएको दावी गर्न चीनमा आन्तरिक उडानहरु स्थगित भएदेखि अनेकन कारणहरु दिएका छन् ।

याे विषयमा आएको सूचनामा सीलाई चिनियाँ जनमुक्ति सेनाका जनरल ली चिओमिङले प्रतिस्थापन गर्ने उल्लेख गरिएकाे छ ।

१९६१ मा जन्मिएका ली सन् २०१९ मा सेनाको उच्च अधिकारीमा पदोन्नती भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ली चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)का केन्द्रीय कमिटीका सदस्य हुन् ।

गत महिना जापानी सञ्चार माध्यम निक्की एशियाले ली सात सदस्यीय केन्द्रीय सैन्य आयोगमा पुग्ने प्रतिस्पर्धीको रुपमा हेरिएको सैन्य अधिकारी भएको जनाएको थियो ।

आगामी अक्टोबर महिनामा चीनको सैन्य मामिलामा निर्णय गर्ने सो आयोगमा धेरै सदस्य अवकासमा जाने छन् ।

निक्की एशियाले लीको सी जस्तो धारणा राखेर एउटा लेख लेखेको जनाएको छ । उनी सेनामाथि चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रणलाई अझै बढाउन चाहन्छन् ।

उनले सोभियत संघबाट कम्युनिष्ट शासन अन्त्य हुनाको कारणमा सेना कम्युनिष्ट पार्टीको नियन्त्रण नभएको विषय रहेको थियो ।

आगामी महिनामा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २० औं अधिवेसन हुँदैछ । त्यसमा राष्ट्रपति सी तेस्रो कार्यकालका लागि निर्वाचन हुने अपेक्षा गरिएको छ ।

यसअघि कुनै पनि नेता २ कार्यकाल मात्रै कम्युनिष्ट पार्टीको महासचिव र राष्ट्रपति हुने गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर