आमनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न आमनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।

राष्ट्रिय सुरक्षा परिषद्को १७ भदौमा बसेको बैठकको सिफारिस, मन्त्रिपरिषद्को २७ भदौको निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको २७ भदौको पत्रको आधारमा निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति भण्डारीले स्वीकृति दिएकी हुन्।

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउँदो मंसिर ४ गते एकै चरणमा हुँदैछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर