राष्ट्रपतिले प्रमाणीकरण गरिन् दुई विधेयक

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन्।

उनले शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

कतिपय संविधानविद्हरूले असोज १ गतेदेखि प्रतिनिधि सभाको कार्यकाल अन्त्य भएको उल्लेख गर्दै र नागरिकता विधेयकसँगै अन्य प्रमाणीकरणका लागि पठाइएका विधेयक निष्क्रिय हुने दाबी गरेका थिए। तर, राष्ट्रपति भण्डारीले असोज १ गतेपछि संसदले पठाएका दुई विधेयक प्रमाणीकरण गरिदिएकी हुन्।

राष्ट्रपति भण्डारीले असोज १ गते पछि पठाइएका दुई विधेयक प्रमाणीकरण गरेर आफूले जानेरै नागरिकता विधेयक प्रमाणीकरण नगरेको स्पष्ट सन्देश दिएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर