प्रदेश १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त

प्रदेश नंं. १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले राईलाई आइतबार मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आइतबार प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

खोटाङ जिल्ला साकेला गाउँपालिका वडा नं. २, रतन्छामा वि.सं. २०३५ वैशाख १ गते जन्मेका नवनियुक्त मुख्यन्यायाधिवक्ता राईको हाल बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ सुकेधारा काठमाडौंमा स्थायी बसोबास रहेको छ । यसअघिका मुख्यन्यायाधिवक्ता भोजराज श्रेष्ठले राजीनामा दिएपछि अधिवक्ता राई मुख्यन्यायाधिवक्तामा नियुक्त भएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर