थिङ्क ट्याङ्कहरूलाई सरकारको सहयोगमा विकास गर्न जरुरी छ : स्वर्णिम वाग्ले

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरूको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन् । आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा कुनैपनि परियोजनाको सम्झौता रद्द हुँदा मुलुकलाई नै हानीनोक्सानी हुने विषयमा पनि थिङ्क ट्याङ्कहरूले पूर्ण जानकारी राख्नुपर्ने बताए । उनले श्रीलंकाले थिङ्क ट्याङ्कहरू समेट्न नसक्दा आर्थिक संकट व्यहोरिरहेको बताए ।

पूर्वउपाध्यक्ष वाग्लेले श्रीलंकमा शासकहरूको सन्कीपनका कारण पनि मुलुक संकटमा फसेको बताए । उनले नेपालले पनि थिङ्क ट्याङ्कहरूलाई बेवास्ता गरेर गए मुलुकको विकास गर्न नसकिने स्पष्ट पारे ।

उनले कुनै पनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न जरुरी रहेको भन्दै थिङ्क ट्याङ्कहरूले दिएका सुझाव र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको बताए । उनले देशको नीति निर्माण गर्दा पारदर्शी र विश्वसनियता कायम गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

पूर्वउपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरू चलायमान भइरहनुपर्ने आवश्यकता रहेको भन्दै विश्वविद्यालयभित्र पनि थिङ्क ट्याङ्कहरूलाई विकास गर्न जरुरी रहेको बताए । वाग्लेले थिङ्क ट्याङ्कहरूलाई सरकारको सहयोगमा विकास गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *