मनास्लु हिमालमा भीषण हिमपहिरो, एक पाकिस्तानी र पाँच नेपाली आरोही घाइते

मनास्लु हिमालमा भीषण हिमपहिरो गएको छ। हिमपहिरोमा परेर एक पाकिस्तानी र पाँच जना नेपाली आरोही घाइते भएको प्रारम्भिक जानकारी आएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

‘हिमपहिरो गएको खबर भर्खरै प्राप्त भएको छ। त्यसमा एक पाकिस्तानी र पाँच जना नेपाली आरोही घाइते भएको जानकारी आएको छ,’ बरालले पर्दाफाससँग भने, ‘घाइतेहरूको उद्धारका लागि आवश्यक समन्वय भइरहेको छ।’

उनका अनुसार हिमपहिरोमा परेर घाइते हुने नेपाली आरोहीमा दावा शेर्पा, फुरिता शेर्पा, निङ्मादोर्जे शेर्पा, लाक्पा तामाङ र जितबहादुर शेर्पा छन्। बरालले हफिजसाद मुन्मवार नाम गरेका पाकिस्तानी पर्वतारोहीको लेक लागेर स्वास्थ्य अवस्था गम्भीर बनेको पनि बताए ।

गोरखाका प्रहरी प्रमुुख एसपी केदार खनालले मनास्लु हिमालको तेस्रो र चौथो आधार शिविरमा हिमपहिरो गएको खबर प्राप्त भएको र विस्तृत बुझ्ने काम भइरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर