टीभीएसको ‘कायापलट’ योजनामा ग्राहकहरूले लाखौंकाे पुरस्कार जित्दै

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको एक महिना नपुग्दै विराटनगरका मुरारी पाण्डेले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै ५ हजार र किनेपछि दश लाख नगद पुरस्कार जित्न सफल भएका छन्। साथै जनकपुरका राजदेव मुखियाले आरएन अटोमोबाइलसबाट टीभीएस रेडर खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउन सफल भएका छन्।

यसैगरी धापासी निवासी भुजेन्द्र सरुमगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफआई स्कुटर खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाएका छन्। कम्पनीका अनुसार हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्रहाकहरूले लाखौंको नगद उपहार पाएका छन्।

‘कायापलट’ योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन्। यो योजनामा नकिन्दै एक लाख र खरिद गरेपछि दश लाखसम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्ट फोन प्रदान गरिन्छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार उपलब्ध गराइने छ ।

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा  ४ हजार २०० रूपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर किन्न सकिनेछ।

यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रूपमा स्थापित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर