दलाई लामाको नेपाल प्रमुखमा छेप्री लोपुन नियुक्त

केन्द्रीय तिब्बत प्रशासन (सीटीए)ले तिब्बतको मामिला हेर्न नेपालका लागि नयाँ प्रतिनिधि नियुक्त गरेको छ । निर्वासित तिब्बती समुदायको मुख्यालय भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा छ। धार्मिक नेता दलाई लामा सोही ठाउँमा बस्दै आएका छन् ।

दलाई लामाको नेपाल प्रतिनिधिका रूपमा सीटीएले छेप्री लोपुनलाई नेपाल प्रमुखमा नियुक्त गरेको छ । दलाई लामाका नेपाल प्रतिनिधि चुल्त्रिम ग्यास्तोको कार्यकाल भर्खरै सकिएपछि सीटीएले लोपुनलाई नयाँ प्रतिनिधि नियुक्त गरेको हो ।

उनले सोमबारदेखि नै पदभार सम्हालिसकेका छन् । लामाले लाजिम्पाटस्थित तिब्बती शरणार्थी कल्याण कार्यालय (गार्डेन खानसार) को प्रमुखको पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर